नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा
काठमाडौं, चैत २ : केपी ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको रिटमा सुनुवाई हुने भएको छ । बुधबार सर्वोच्च अदालतले उक्त रिट संवैधानिक...
काठमाडौं, चैत २ : केपी ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको रिटमा सुनुवाई हुने भएको छ । बुधबार सर्वोच्च अदालतले उक्त रिट संवैधानिक इजलासबाट सुनुवाई गर्न लागेको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन स्थगित गरेर नागरिकता ऐनलाई संसोधन गर्न अध्यादेश ल्याएका थिए । तर संसद छलेर अध्यादेश ल्याइएको भन्दै कानुन व्यावसायीहरुले सर्वोच्च अदालतमा रिट दिएका थिए।
सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले महत्वपूर्ण विषयमा संसद छलेर कानुन बनाउनु उपयुक्त नहुने भन्दै उक्त अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
सो मुद्दा बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा तोकिएको छ ।
प्रकाशित मिति: १४:१७ बजे, बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











