Kathmandu Press

राष्ट्र बैंकद्वारा १४ वाणिज्य बैंक कारबाहीमा

काठमाडौं, चैत २ : नेपाल राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। विभन्न निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्र बैंकको सुपरीवेक्षण विभागले ती...
राष्ट्र बैंकद्वारा १४ वाणिज्य बैंक कारबाहीमा

काठमाडौं, चैत २ : नेपाल राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। विभन्न निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्र बैंकको सुपरीवेक्षण विभागले ती बैंकहरुलाई कारबाही गरेको हो। 

प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक र सेञ्चुरी बैंक कारबाहीमा परेका छन् ।

अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै प्रभु बैंकलाई कारबाहीस्वरुप १ लाख ८० हजार ४३० रुपैयाँ जरिवाना गराइएको छ। बोलकबोलका आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गरेको तथा एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्न दिइएको निर्देशन पालना नगरेको भन्दै नेपाल बैंकलाई कारबाही गरिएको हो।

बोलकबोलका आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेन्चुरी बैंकका सिइओहरुलाई सर्तक गराइएको छ।

स्ट्यान्डर्ड चार्टर्ड र एनएमबि बैंकलाई भने कुल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढीले फरक गर्न नपाइने व्यवस्था उल्लघंन गरेको भन्दै कारबाही गरिएको जनाइएको छ।

प्रकाशित मिति: १३:५२ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्