Kathmandu Press

आबुधाबिमा नेपाली समुदायसँग श्रममन्त्रीको छलफल

काठमाडौं, चैत २ : संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मङ्गलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली...
आबुधाबिमा नेपाली समुदायसँग श्रममन्त्रीको छलफल

काठमाडौं, चैत २ : संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मङ्गलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग छलफल गरेका छन्। 

कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन दिने र रोजगारीको प्रलोभनमा नेपालीलाई युएई ल्याउनेलाई कारबाही गर्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दोषीलाई पक्राउ गर्न सकिने बताए। 

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको जनाउँदै उनले भने, ‘गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि जोगिदैनन्।’ उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको बताए। 

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दूतावासका कर्मचारीसहित प्रवासी नेपाली सङ्घसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र श्रमिकहरूको सहभागिता रहेको मन्त्री श्रेष्ठको निजी सचिवालयले आज जनाएको छ। 

प्रकाशित मिति: ११:३३ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्