आईसीसी लिग-२ मा पपुवा न्युगिनीसँग भिड्दै नेपाल
काठमाडौं, चैत २ : आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गत आज नेपालले र पपुवा न्युगिनीबीच खेल हुँदै छ।यूएईमा आज बिहान ११ः१५ बजे नेपाल र...
काठमाडौं, चैत २ : आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गत आज नेपालले र पपुवा न्युगिनीबीच खेल हुँदै छ।
यूएईमा आज बिहान ११ः१५ बजे नेपाल र पपुवा न्युगिनीको खेल हुनेछ। नेपाली टोली जितका लागि मैदानमा उत्रिने कप्तान सन्दीप लामिछानेले बताएका छन्।
प्रिम्याच कन्फ्रेन्समा बोल्दै उलने श्रीलंकामा भएको अभ्यासले नेपाली टोलीको मनोबल बढेको बताएका छन्। यसअघि भएका दुई खेलमा नेपालले जित हासिल गरेको थियो।
लिग २ मा नेपालले आठ खेलमा ८ अंक जोडेको छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ।
पपुवा न्युगिनीले अहिलेसम्म अंक जोड्न सकेको छैन। पपुवा न्युनिगीले १३ खेल खेलिसकेको छ।
त्यसपछि नेपालले यूएईविरुद्ध १८ मार्चमा दोस्रो खेल खेल्नेछ। यस्तै तेस्रो खेल २१ मार्चमा यूएईविसँग र चौथो खेल २२ मार्चमा पपुवा न्युगिनीसँग खेल्नेछ।
प्रकाशित मिति: ०७:१५ बजे, बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











