धानुक, पन्त र सिंह एआईजीमा सिफारिस
काठमाडौं, चैत १ : नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।गृह मन्त्रालयको...
काठमाडौं, चैत १ : नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरु रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवा गर्नेछ । तीन एआइजीका लागि आधा दर्जनबढी प्रहरी नायब महानिरीक्षकहरू दौडमा थिए।
यसअघि एआइजीमा विश्वराज पोखरेल र सहकुलबहादुर थापा बढुवा भइसकेका छन्। अब एआइजी पोखरेल, थापासँगै अहिले बढुवा भएका एआइजीहरूबीच प्रहरी महानिरीक्षकमा प्रतिस्पर्धा रहने छन् ।

प्रकाशित मिति: २०:४१ बजे, मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











