बैतडीमा बस दुर्घटना, २१ जना घाइते
बैतडी, असोज ११ : बैतडीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ।
महेन्द्रनगरबाट मेलौलीका लागि छु....

बैतडी, असोज ११ : बैतडीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ।
महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन–६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड गम्भीर घाइते भएका छन्।
यस्तै, गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउँद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान पनि घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए। गम्भीर भएका सातै जनालाई जिल्ला बाहिर ‘रेफर’ गरिएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बसका चालक फरार भएका छन्। सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसमा ३० जना यात्रु सवार रहेका थिए। बस सडकभन्दा १० मिटरमात्रै तल खसेको छ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)