Kathmandu Press

सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित, सहयोगका लागि आग्रह

साेमालिया, चैत १ : सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएको भन्दै यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग...
सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित, सहयोगका लागि आग्रह

साेमालिया, चैत १ : सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएको भन्दै यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको हो।

सोमबार साँझ प्रधानमन्त्री मोहमद रोब्लेले एक विज्ञप्ति जारी गर्दै खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्‍याउन दाताहरूलाई आग्रह गरेका हुन।

सोमबार दाता राष्ट्रका प्रतिनिधिहरुसँग भेटवार्ता गरेको रोब्लेले बताए।

खडेरीका कारण झण्डै ६९ लाख मानिस प्रभावित हुनुका साथै ९५ लाखभन्दा बढी पशुचौपाया प्रभावित भएका बताइएको छ।

सरकारका अनुसार २६ लाख मानिसमा पानीको गम्भीर अभाव छ।    

तीन वर्षसम्म खासै पानी नपरेपछि सरकारले ‘सन् २०११ को अनिकालपछि देशमा सबैभन्दा ठूलो खडेरीको सामना गर्नुपरेको’ बताएको छ।

खडेरीका कारण पशुधन र अन्नबाली नष्ट भएको बताउँदै उनले देशका खडेरी प्रभावित जनतालाई आकस्मिक सहयोगमा भाग लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन।

प्रधानमन्त्री राब्लेले भने, 'हाम्रो सहयोगको लागि गरिएको आह्वानको जवाफ विभिन्न देश तथा संगठनहरूले दिएका छन् र उनीहरूले देशका सबैभन्दा प्रभावित क्षेत्रहरूमा सहायता पठाएका छन्।'

संयुक्त राष्ट्रसंघको मानवीय मामिला सम्बन्धी समन्वय कार्यालय (ओसिएचए) ले अप्रिल महिनाको अर्को वर्षायामभन्दा अगावै खडेरी आकस्मिक अवस्था झन् बिग्रने चेतावनी दिएपछि सो अपिल आएको हो।

सो अपिलमा दादुरा र पखाला तथा हैजाका घटना बढ्दै गएको पनि उल्लेख गरिएको छ।

ओसीएचएले जीवन र जीविकोपार्जनको लागि प्राथमिकता प्राप्त क्षेत्रमा थप आर्थिक सहायता तत्काल आवश्यक रहेको बताउँदै स्थानीय समुदाय, अधिकारकर्मी र मानवीय साझेदारले उपलब्ध श्रोतभित्र सहयोग बढाउँदै जाने बताएको छ।

प्रकाशित मिति: २०:१७ बजे, मंगलबार, चैत १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्