Kathmandu Press

युद्धमा १३ हजार ५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको परराष्ट्र मन्त्रालयको दावी

रूस, चैत १ : रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु...
युद्धमा १३ हजार ५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको परराष्ट्र मन्त्रालयको दावी

रूस, चैत १ : रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ।

रूसले यस सम्बन्धमा यूक्रेनी भनाईको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई शान्तत्वना दिनका लागि उक्त दावी गरेको तर यूक्रेनले भनेजति सङ्ख्यामा यूक्रेनमा रूसी सुरक्षाकर्मीको मृत्यु नभएको बताएको छ।

यूक्रेनी परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार युद्धका क्रममा विभिन्न प्रकारका एक हजार २७९ रूसी हातहतियार, लडाकू विमान, ९५ हेलिकोप्टर, १५० तोपका टुक्रा र ६४ एमएलआर, ३६ एन्टि–एअरक्राफ्ट, ६४० गाडी र ६० भवनहरूलगायतका बन्दोबस्तीका समान ध्वस्त भएका छन्।

मस्कोले यूक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै आएका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको रूपमा मान्यता दिएको तीन दिनपछि सैन्य कारबाही थालेको मङ्गलबार २० दिन पुगेको छ।

यसैबीच यूक्रेनी राजधानी कीभमा रूसी सेना प्रवेश गरेपछि युद्धमा सर्बसाधारणको मृत्यु नहोस भनी शहरी क्षेत्रमा लगाइएको निषेधाज्ञा आदेशलाई मार्च १७ (चैत्र ३) गतेसम्मका लागि थप गरेको छ।

प्रकाशित मिति: २०:१० बजे, मंगलबार, चैत १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्