Kathmandu Press

संसदको चालु अधिवेशन अन्त्य

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी हुन् ।
संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं, चैत १ : संसदको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी हुन् ।

यसअघि मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

यसैबीच, संघीय संसद्को सचिवालयले पनि सूचना जारी गरी राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन अन्त्य गरिएको जानकारी गराएको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले राष्ट्रियसभा र प्रतिनिधि सभाका सदस्यहरूको जानकारीका लागि सूचना जारी गरेका हुन् । 

प्रकाशित मिति: २०:०७ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्