Kathmandu Press

एमालेले महानगर र उपमहानगरका मेयरको टिकट केन्द्रबाटै दिने 

काठमाडौं, चैत १ : नेकपा एमालेले वैशाखमा ३० मा हुने स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट केन्द्रले नै दिने...
एमालेले महानगर र उपमहानगरका मेयरको टिकट केन्द्रबाटै दिने 

काठमाडौं, चैत १ : नेकपा एमालेले वैशाखमा ३० मा हुने स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट केन्द्रले नै दिने भएको छ । 

मंगलबार बसेको सचिवालय बैठकले उम्मेद्वार छनौटको जिम्मेवारी तोक्दै यस्तो निर्णय गरेको हो । 

महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिफारिस जिल्ला र प्रदेशले गर्ने तर निर्णय भने केन्द्रले गर्ने भएको हो । 

यस्तै नगरपालिकाको मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको जिल्लाको सिफारिसमा प्रदेशले गर्ने छ, भने वडा अध्यक्ष र सदस्यहरुको निर्णय जिल्ला कमिटीले गर्नेछ । 

प्रकाशित मिति: २०:०३ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्