एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक
काठमाडौं, चैत १ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले आगामी ९ र...
काठमाडौं, चैत १ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले आगामी ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।
त्यस्तै ७ चैतमा पोलिट्ब्यूरो समितिको बैठक हुने र १३ गते स्थायी कमिटीको बैठक बस्ने पनि एमालेले जनाएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।
यस्तै बैठकमा जिल्लाको शक्ति सन्तुलन र कामका बारेमा रिपोर्टिङ समेत हुनेछ ।
प्रकाशित मिति: १९:३५ बजे, मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











