मधेस प्रदेशको नारा व्यवहारमा मिलेन् : ओली
काठमाडौं, चैत १ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने बताएका छन्...
काठमाडौं, चैत १ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने बताएका छन् ।
एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चको आयोजना तथा युवा सङ्घ नेपाल, भक्तपुरको संयोजनमा आज भक्तपुरको थिमिस्थित राधेरोधमा आयोजना गरिएको कार्यक्रममा उनले कृषि, औद्योगिकरण, पर्यटनका माध्यमबाट उत्पादन वृद्धि गरी आयात घटाएर निर्यात बढाउँदै देशको अर्थतन्त्रलाई फाइदा पुर्याउन सक्ने गरी मधेस प्रदेशको विकास गरिने बताए ।
मधेस प्रदेश विकासमा पछाडि पर्नुनपर्ने भन्दै उनले पर्यटकीय दृष्टिकोणबाट एकदमै राम्रो मधेस प्रदेशलाई सुनकोशी डाइभर्सन बनाएपछि यस क्षेत्रका सबै जमीनमा सिँचाइ पुग्ने बताए ।
मधेस प्रदेश सरकारको नारा र व्यवहार फरक भएको उनको भनाइ थियो । उनले मधेस प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको बताए । सो अवसरमा पर्साबाट आएका विभिन्न पार्टीका व्यक्ति एमाले पार्टी प्रवेश गरेका थिए ।











