Kathmandu Press

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री ज्ञवाली

न्यूयोर्क, असोज ११ : परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन नेपाल प्रतिबद्ध रहेको बताएका छन्। 

....
संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री ज्ञवाली

न्यूयोर्क, असोज ११ : परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन नेपाल प्रतिबद्ध रहेको बताएका छन्। 

सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगको काम प्रभावकारी नभएको भन्दै आलोचना भइरहेका बेला राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय फोरममा न्याय निरुपणका लागि नेपाल प्रतिबद्ध रहेको बताएका हुन्।

Hardik ivf

परराष्ट्रमन्त्री ज्ञवालीले वृहत शान्ति सम्झौता, अन्तर्राष्ट्रिय कानून, सहिद परिवार र पीडितको चासोलाई सरकारले प्राथमिकतामा राखेको बताए। उनले भने,‘मानवअधिकारको रक्षा, संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन नेपाल सरकार प्रतिवद्ध छ।’ 

उनले लोकतन्त्र, विकास र मानवअधिकार एक अर्काका परिपुरक भएको बताए। मन्त्री ज्ञवालीले सार्क र बिमस्टेक जस्ता क्षेत्रीय संगठनको सहकार्य  शान्ति सुरक्षा तथा आर्थिक विकासमा समेत जोड दिए। उनले भने,‘सार्कलाई पुर्नजिवित गराउन नेपालले अध्यक्ष राष्ट्रका हैसियतमा प्रयास गरिरहेको म विश्व समुदायलाई जानकारी गराउँछु।’

जलवायु परिवर्तका कारण गरिब तथा कमजोर राष्ट्रहरुमा नराम्रो असर परेको भन्दै मन्त्री ज्ञवालीले राष्ट्रसंघीय बैठकमा ध्यानाकर्षण गराए।  जलवायु परिवर्तनको असरले नेपालका हिम नदीहरुमा बढी प्रभाव परेकाले बाढी र आँधीको सामना गर्नुपरेको उनको भनाइ छ।

जलवायु परिवर्तनप्रति सचेतना जगाउन आगामी अप्रिलमा नेपालमा सगरमाथा सम्वादको आयोजना गरेको उनले महासभामा जानकारी गराएका थिए।

प्रकाशित मिति: ११:१४ बजे, शनिबार, असोज ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्