साउदीमा मृत्युदण्ड सुनाइएका दुई नेपालीलाई आममाफी दिन नेपालको आग्रह
काठमाडौं, चैत १ : साउदी अरेबियाको अदालतले मृत्युदण्डको सजाय सुनाएका दुई नेपालीको जीवन रक्षा गरिदिन सरकारले आग्रह गरेको छ।नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका...
काठमाडौं, चैत १ : साउदी अरेबियाको अदालतले मृत्युदण्डको सजाय सुनाएका दुई नेपालीको जीवन रक्षा गरिदिन सरकारले आग्रह गरेको छ।
नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदसँगको भेटमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काले उनीहरूलाई आममाफी दिएर जीवनरक्षा गरिदिन आग्रह गरेका हुन् ।
वैदेशिक रोजगारीका लागि साउदी पुगेका सन्तबहादुर पुन र विवेक दाहाललाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
साउदी समकक्षीलाई परराष्ट्रमन्त्री खड्काले होटल मेरियटमा दिवाभोजको समेत आयोजना गरेका थिए ।
प्रकाशित मिति: १८:४७ बजे, मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











