Kathmandu Press

८३ जनामा कोरोना संक्रमित थपिए, मृत्यु शून्य 

काठमाडौं, चैत १ : नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ४ हजार ७ सय ३४ पिसिआर परिक्षणका क्रममा...
८३ जनामा कोरोना संक्रमित थपिए, मृत्यु शून्य 

काठमाडौं, चैत १ : नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

देशभर गरिएको ४ हजार ७ सय ३४ पिसिआर परिक्षणका क्रममा ५७ जना र  ३ हजार १ सय ५० एन्टीजेन परिक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । 

त्यस्तै थप १ सय ३० संक्रमित निको हँुदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ३ सय ४८ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ७ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १७:३७ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्