संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस
आज बसेको मन्त्रिपरिषद बैठकले चालु हिउंदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
काठमाडौं, चैत १ : सरकारले संसदकाे चालू हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले चालु हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
वैशाखदेखि बजेट अधिवेशन सुरु हुने भएकाले सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
चालु अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार रुपमा संसद अवरोध गरेपछि सरकारले कुनैपनि विधेयक अगाडि बढाउन सकेको थिएन। यस अवधिमा अमेरिकी विकास परियोजना एमसिसी भने संसदबाट अनुमोदन भएको छ।
प्रकाशित मिति: १६:५० बजे, मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











