नेपाल र साउदी अरबबीच सहयोग सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं, चैत १ : नेपाल र साउदी अरवबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी...
काठमाडौं, चैत १ : नेपाल र साउदी अरवबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका छन् । साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार फैजल दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका थिए।

उनले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्











