Kathmandu Press

न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छः महान्यायाधिवक्ता खाती

काठमाडौं, चैत १  : महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी...
न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छः महान्यायाधिवक्ता खाती

काठमाडौं, चैत १  : महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९ औँ  पूर्वव्यावसायिक आधारभूत तालिम आज शुभारभ्भ गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि  कानुन व्यवसायी इमान्दार हुनुपर्नेमा जोड दिएका हुन्। 

‘कानुन व्यवसायीले पेशागत निष्ठाभन्दा अरु केही गर्न हुँदैन,’ महान्यायाधिवक्ता खालीले भने, ‘न्यायालयको छवि उच्च राख्न र पेसागत सुरक्षाका लागि विचलित नभइकन कानुन व्यवसायीले काम गर्नुपर्छ ।’ नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय स्वच्छ र निष्पक्ष बनाउन कानुन व्यवसायी निर्भिक भएर काम गर्नुपर्ने बताए। उनले न्यायापालिकालाई स्वतन्त्र, सक्षम र निष्पक्ष बनाउनका लागि बारले निरन्तर आवाज उठाइरहेको रहेको बताए। 

सो अवसरमा महान्यायाधिवक्ता खातीले नवोदित कानुन व्यवसायीका लागि उपयोगी हुने हाते पुस्तक सार्वजनिक गरेका थिए। बार काउन्सिलले प्रकाशन गरेकोे उक्त पुस्तक उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्मा, वरिष्ठ अधिवक्ता तथा नेपाल कानुन व्यवसायी परिषद्का सदस्य डा चन्द्रकान्त ज्ञावली र अधिवक्ता पूजा भण्डारीले तयार गरेका हुन्। 
     
उक्त पुस्तकमा व्यावहारिक मस्यौदा, सीप, सेवाग्राहीसँग परामर्श, बहस कला तथा कानुन व्यवासायीको आचार संहितालागयत विषय समावेश गरिएको छ । तालिममा एकहजार एकसय तीन नवोदित कानुन व्यवसायी सहभागी छन् । बार काउन्सिलको तथ्याङ्कअनुसार हाल २० हजार कानुन व्यवसायी क्रियाशिल छन्।  

प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्