२६ केन्द्रिय सदस्यलाई विवेकशील साझाले गर्यो कारबाही
काठमाडाैं, चैत १ : विवेकशील साझा पार्टीले २६ केन्द्रीय सदस्यलाई कारबाही गरेको छ। विवेकशील साझाले ‘मुल बाटो’ नामक दस्ताबेजा ल्याउन प्रदेश सांसद रमेश...
काठमाडाैं, चैत १ : विवेकशील साझा पार्टीले २६ केन्द्रीय सदस्यलाई कारबाही गरेको छ। विवेकशील साझाले ‘मुल बाटो’ नामक दस्ताबेजा ल्याउन प्रदेश सांसद रमेश पौड्यालसहित २६ जना केन्द्रिय सदस्यलाई जिम्मेवारीबाट मुक्त गरेको हो।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले जिम्मेवारीबाट हटाएका २६ जना नेता नै मिलन पाण्डे पक्षका हुन्। मिलान पाण्डेलाई विवेकशील साझाले यसअघि नै पार्टीबटा हटाइसकेको छ।
चारवटा केन्द्रीय समितिका बैठकमा लगातार अनुपस्थित रहेका, बारम्बार लेभीका लागि अनुरोध गर्दा पनि नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पु¥याएको भन्दै विवेकशील साझा पार्टीले उनीहरूलाई जिम्मेवारीबाट हटाएको हो ।
यी हुन् कारबाहीमा परेका २६ केन्द्रिय सदस्य
– रमेश पौड्याल
– अनुशा थापा
– आशुतोष तिवारी
– कमलेश्वर पाठक
– केशव दाहाल
– चण्डिका तिमिल्सिना
– चन्द्रिका सिग्देल
– दुर्गा खत्री (कार्की)
– धर्म मानन्धर
– पुकार बम
– भरतराज पन्त
– भूपदेव शाह
– मनिस खनाल
– मुना अधिकारी
– रविना अम्गाई
– राज्यलक्ष्मी श्रेष्ठ
– रामपुकार महरा
– लक्ष्मी अधिकारी
– विमल तामाङ
– शिशिर बन्जारा
– सरोजप्रसाद गौतम
– सिर्जना खड्का
– सुदन मानन्धर
– सुरेश अर्याल
– सुरेश भट्ट
– हरिशप्रसाद भट्ट











