मकवानपुरमा पनि देखियो बर्डफ्लु
हेटौंडा, चैत १ : मकवानपुरमा पनि कुखुरामा बर्डफ्लुको संक्रमण देखिएको छ।यसअघि भक्तपुर र काभ्रेमा बर्डफ्लु देखिएको थियो। अहिले मकवानपुरका विभिन्न ठाउँमा कुखुरामा बर्डफ्लु...
हेटौंडा, चैत १ : मकवानपुरमा पनि कुखुरामा बर्डफ्लुको संक्रमण देखिएको छ।
यसअघि भक्तपुर र काभ्रेमा बर्डफ्लु देखिएको थियो। अहिले मकवानपुरका विभिन्न ठाउँमा कुखुरामा बर्डफ्लु देखिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाले जनाएको छ।
केन्द्रका प्रमुख डा. ब्रजकिशोर ठाकुरका अनुसार भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लीला थिङको खोरमा रहेका कुखुरामा बर्डफ्लु देखिएको हो। बर्डफ्लु पुष्टि भएपछि उनको र आसपासका दुई कुखुरा नष्ट गरिएको ठाकुरले बताए।
त्यस वरिपरिका अन्य खोरमा रहेका कुखुरा पनि नष्ट गरिने उनले बताए। आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले जानकारी दिए।
प्रकाशित मिति: ०८:११ बजे, मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्











