Kathmandu Press

ओलीले बोलाए एमाले केन्द्रीय सचिवालय बैठक

काठमाडौं, चैत १ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक बोलाएका छन्।एमाले केन्द्रीय सचिवालय बैठक अध्यक्ष ओली निवास बालकोटमा बस्न...
ओलीले बोलाए एमाले केन्द्रीय सचिवालय बैठक

काठमाडौं, चैत १ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक बोलाएका छन्।

एमाले केन्द्रीय सचिवालय बैठक अध्यक्ष ओली निवास बालकोटमा बस्न लागेको छ। आज दिउसो ३ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए।

सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ। विभिन्न राजनीतिक दलले यसको तयारी थालिसकेका छन्।

एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। यस विषयमा पनि आजको सचिवालय बैठकमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ०७:४७ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्