प्रवीण निरौलाद्वारा लिखित उपन्यास ‘तिरस्कृता’ लोकार्पण
काठमाडौं, असोज १० : प्रविण निरौलाद्वारा लिखित उपन्यास ‘तिरस्कृता’ को लोकार्पण गरिएको छ।
शुक्रबार काठमाडौंमा आयोजित का....

काठमाडौं, असोज १० : प्रविण निरौलाद्वारा लिखित उपन्यास ‘तिरस्कृता’ को लोकार्पण गरिएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशी र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संयुक्तरुपमा उपन्यास ‘तिरस्कृता’ को लोकार्पण गरेका हुन्।
कार्यक्रममा शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा उपन्यास लेख्ने परम्परा त्यत्ति पुरानो नभए पनि यो विधाले निकै फड्को मारेको बताए।
‘उपन्यासकै आधारमा विभिन्न सिनेमा बन्दै गएका बेला नेपाली उपन्यासले पनि नोबेल पुरस्कारको क्षमता राख्न सक्छ’, उनले भने ‘, देशको समसामयिकता, संस्कृति तथा राजनीति जस्ता कुनै पनि पक्षलाई मिठास तरिकाले पस्किन सक्नुपर्छ।’
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपन्यासकारले पहाडको कन्दरादेखि विदेश गएर पसिना बगाएको यथार्थलाई चित्रण गरेको बताए। भविष्यमाथि आशावादी देखाइएको पुस्तकले जो जहाँ भएपनि सन्तुष्ट रहनुपर्ने सन्देश दिएको उनले बताए।
लेखक निरौलाले मानिसहरुको बाल्यकाल, घरायसी, वर्तमान समाजको परिस्थिति कतातिर ढल्किरहेको छ भन्ने यर्थाथलाई उपन्यासमा पस्केका छन्। मानिसको आन्तरिक र बाह्य व्यवहारको भिन्नता देखाउनु नै उपन्यासमा लेखकको उद्देश्य देखिन्छ।
अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका निरौलाको उपन्यास ‘तिरस्कृता’ कृति सिमल बुक प्रकाशनले पाठक माझ पस्केको हो।












