Kathmandu Press

भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरूद्ध मुद्दा दायर 

काठमाडौं, फागुन ३० : तनहुँमा सरकारी जग्गामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १३ जनामाथि मुद्दा चलाएको छ ।अख्तियारले सोमबार काठमाडौंस्थित विशेष...
भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरूद्ध मुद्दा दायर 

काठमाडौं, फागुन ३० : तनहुँमा सरकारी जग्गामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १३ जनामाथि मुद्दा चलाएको छ ।

अख्तियारले सोमबार काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् । हिमाली प्राथमिक विद्यालय तनहुँको विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार सरकारी जग्गालाई घरसारको कागजातहरू बनाएर आफ्नै घडेरी नम्बर कायम गरेको अख्तियारले जनाएको छ।

सन्तबहादुर सिजाली, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानिया, बुद्दिमाया विक, बाबुराम बानिया, लोकबहादुर माकिम, पूर्णबहादुर वि.क. र धनबहादुर विकले विद्यालय व्यवस्थापन समितिलाई एक लाख ६९ हजार ५१ रुपैयाँ दिएको अख्तियारले जनाएको छ।  

त्यसरी रकम दिएर सार्वजनिक जग्गालाई भोगचलन गरेको देखिएको भन्दै उनीहरूमाथि अख्तियारले मुद्दा चलाएको हो। अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही गर्न माग गरेको छ।

लोकबहादुर माकिम, डोलराज आचार्य र धनबहादुर विकको मृत्यु समेत भइसकेको छ। 

प्रकाशित मिति: २०:३४ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्