Kathmandu Press

दुर्घटनामा परी मृत्यु भएका परिवारलाई जनही एक लाख दिने

दुर्घटनामा परी मृत्यु भएका परिवारलाई जनही एक लाख दिने

काठमाडौं, फागुन ३० : सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही रु एक लाख दिने भएको छ । 

मादी नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगर प्रमुख विदुरकुमार लिंथेपले बताए ।

यस्तै बैठकले घाइतेलाई उपचार खर्च जनही रु ५० हजारसमेत दिने उनले बताए । गत बिहीबार बिहान मादी–६ स्थित सात घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा चार जना घाइतेसमेत भएका थिए । 

मृतक र घाइतेको सम्झनामा भुमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरिएको छ । स्मारकमा घाइते र मृतकको नाम लेखिनेछ । मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको थियो । 

प्रकाशित मिति: १९:१२ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्