Kathmandu Press

आर्मीले जित्यो झापा गोल्डकपको उपाधि

आर्मीले जित्यो झापा गोल्डकपको उपाधि

काठमाडौं, फागुन ३० : नेपाल आइस पाँचौँ झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ ।

झापाको डोमालाल रङ्गशालामा आज भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

उपाधिका लागि आर्मीका टेकबहादुर १८औँ मिनेटमा टेकबहादुर बुढाथोकी र २०औँ मिनेटमा जर्ज प्रिन्स कार्की एक/एक गोल गरेका थिए । झापा–११ का लागि विमल घर्ती मगरले २४औँ मिनेटमा एक गोल फर्काएका थिए । पहिलो हाफमा २–१ को अग्रता कायम गरेको आर्मीले सोही अग्रतालाई कायम राखेको थियो ।

दोस्रो हाफमा झापाले गोलका लागि निकै प्रयास गरे पनि सफलता हात पार्न सकेन । योसँगै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ ।

झापा–११ ले भने पाँच पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा विजयी आर्मीले नगद रु १२ लाख ५५ हजार र उपविजेता झापा–११ ले रु छ लाख पाँच हजार हात पारेको छ ।

समापन समारोहमा झापा–११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

प्रकाशित मिति: १९:०५ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्