Kathmandu Press

स्पेनको अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली उद्योगी-व्यवसायी पनि सहभागी

मड्रिड, असोज १० :  स्पेनको म्याड्रिडमा आयोजित अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली उद्योग–व्यवसायी पनि सहभागी भएका छन्। 

....

स्पेनको अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली उद्योगी-व्यवसायी पनि सहभागी

मड्रिड, असोज १० :  स्पेनको म्याड्रिडमा आयोजित अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली उद्योग–व्यवसायी पनि सहभागी भएका छन्। 

शुक्रबारदेखि स्पेनको राजधानी मड्रिडमा सुरु भएको एक्सपो–टुराल २०१९ प्रदर्शनीमा नेपाली उत्पादनसहितका ३५ व्यवसायी सहभागी भएका हुन्। प्रदर्शनीमा नेपाल र स्पेनका भाषा धर्म, कला संस्कृति तथा उत्पादनहरु झल्किने स्टल राखिएको छ।

 स्पेनको राजधानी मड्रिड अवस्थित मुख्य प्रदर्शनी भवन फेरिया डि म्याड्रिडमा भएको प्रदर्शनीमा नेपालको छुट्टै पभेलियन राखिएको छ। प्रदर्शनीस्थल ७ हजार स्वायर मिटर क्षेत्रफलमा फैलिएको छ। प्रदर्शनीमा नेपालको पर्यटकीय क्षेत्र, पर्वतारोहणसम्बन्धी जानकारीका साथै भ्रमण वर्ष २०२० बारेमा जानकारी दिने छुट्टाछुटै स्टल राखिएको छ।

त्यसैगरी, हस्तकला, काष्ठनिर्मित सामान, पस्मिना, नेपाली कागजका सामानहरु, चित्रकला, मूर्ति, ढाका, अल्लो, बेतबाट बनेका सामान, बाँसको जराबाट बनेका सामान लगायतका सामाग्री राखिएको छ।

नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी संघका महासचिव शान्तकुमार श्रेष्ठले प्रदर्शनीमा सहभागी भएका नेपाली उत्पादनले नेपालको पर्यटन, कला, संस्कृति, परम्परा, कृषि तथा व्यापार व्यवसायलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

अन्तर्राष्ट्रिय प्रदर्शनी संघ यो प्रदर्शनीमा साना तथा मझौला व्यवसायी महासंघ र नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी संघले नेपालका तर्फबाट संयोजनकारी भूमिका निर्वाह गरेको छ।

कार्यक्रममा फाउण्डेशन लुम्बिनी ग्राण्डका जोसेफ म्यानुअल भिलानोभाले नेपाल र स्पेनबीचको व्यवसायिक सम्बन्ध विस्तार गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धन तथा शान्ति स्थापनाका लागि फलदायी हुने बताए।

फाउण्डेशनले म्याड्रिडमा बुद्धको ५ हजार स्वायर फिटको मूर्ति बनाउँदैछ। मिनी लुम्बिनीको अवधारणा अनुसार मिनी लुम्बिनीको झण्डै १ हेक्टर क्षेत्रफलमा सो मूर्ति बनाउन लागिएको छ। नेपालको लुम्बिनी सांस्कृतिक उपमहानगरपालिका र मड्रिड महानगरबीच मड्रिडमा मिनी लुम्बिनी बनाउने सम्झौता भइसकेको छ।


 

प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, असोज १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्