Kathmandu Press

'प्रचण्ड र माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनका मुख्य खलनायक'

काठमाडाैं, फागुन ३० : एमाले उपाध्यक्ष विष्णु पौडेलले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपाल कम्युनिस्ट आन्दोलनका मुख्य खलनायक भएको आरोप लगाएका छन्।सोमबार एमाले बुटवल...
'प्रचण्ड र माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनका मुख्य खलनायक'

काठमाडाैं, फागुन ३० : एमाले उपाध्यक्ष विष्णु पौडेलले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपाल कम्युनिस्ट आन्दोलनका मुख्य खलनायक भएको आरोप लगाएका छन्।

सोमबार एमाले बुटवल उपमहानगर कमिटीले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन अदालतलाई समेत दुरुपयोग गरेको आरोप लगाए।

उपाध्यक्ष पौडेलले एमालेलाई फुटाउन देशी विदेशी प्रतिगामी शक्तिहरु लागेको बताउँदै प्रचण्ड र माधव कुमार नेपाल प्रतिगामी शक्तिहरुको मतियार बनेको जिकिर गरे। उनले वामपन्थी शक्तिको  सरकार गिराएर कांग्रेसको पछि लागेका प्रचण्ड र माधवकुमार नेपालले नेपालको कम्त्युनिष्ट आन्दोलनमा धेरै ठूलो अपराध गरेको बताए।

जनताले उनीहरुलाई माफी दिन नसक्ने बताउँदै नेता पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई धोका दिनेहरु समाप्त भएर जाने ठोकुवा गरे। उपाध्यक्ष पौडेलले नेकपा एमालेले देश र नेपाली जनताको सम्बृद्धि विकास चाहेको उल्लेख गर्दै जनताले आगामी चुनावमा प्रतिफल दिने बताए।

पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले प्रतिगामी शक्तिहरुका मतियारहरुले अदालतबाट सरकार गठन गरेर अदालतकै  धज्जी उडाएको बताउदै यसमा मुख्य दोष प्रचण्ड माधवको नै रहेको दाबी गरे।

प्रकाशित मिति: १८:२७ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्