Kathmandu Press

सम्पूर्ण पार्टीपंक्तिलाई निर्वाचनमा केन्द्रित गर्ने तयारीमा जुट्याे एमाले  

काठमाडाैं, फागुन ३० : प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थानीय तहको निर्वाचन केन्द्रीय कार्ययोजना निर्माणमा जुटेको छ। पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय...
सम्पूर्ण पार्टीपंक्तिलाई निर्वाचनमा केन्द्रित गर्ने तयारीमा जुट्याे एमाले  

काठमाडाैं, फागुन ३० : प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थानीय तहको निर्वाचन केन्द्रीय कार्ययोजना निर्माणमा जुटेको छ। 

पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकमा सम्पूर्ण पार्टीपंक्तिलाई निर्वाचनका केन्द्रित गर्नेगरी तयारी गर्न लागिएको कार्ययोजनामा छलफल भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

बैठकमा मंगलबार ३ बजे बस्ने पार्टी केन्द्रीय सचिवालयको एजेण्डाका बारेमा छलफल भएको उनले बताए। सातै प्रदेशमा निर्वाचन केन्द्रीय प्रशिक्षण र अभिमुखी कार्यक्रमहरु सम्पन्न गरेको र छिटै पार्टीका अरु तहका बैठकहरु आयोजना गरेर सम्पूर्ण पार्टीपंक्तिलाई निर्वाचनका केन्द्रीय गरिने रिजालले बताए। त्यस्तै उनले पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकको तयारीबारे पनि छलफल भएको जानकारी दिए।

पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न एमालेले चैत ९ र १० गतेका लागि बैठक बोलाएको छ भने केन्द्रीय कमिटी बैठकअघि मंगलबार सचिवालयको र चैत ७ गते पोलिटब्युरो बैठक बस्ने तय भएको छ। 

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्