Kathmandu Press

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऔँ : नेता सिटौला

बनियानी, फागुन ३० : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन्।झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा...
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऔँ : नेता सिटौला

बनियानी, फागुन ३० : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन्।

झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्। ‘मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ,’ उनले भने, ‘आचारसंहिताको पूर्णपालना गर्र्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र परदर्शी बनाउन आग्रह गर्छु।’

दुई महिनाभित्र निर्वाचन सम्पन्न हुने बताउँदै उनले नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख गरे । ‘जीतहार एउटा पाटो हो,’ उनले भने, ‘परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गर्नुपर्छ।’

नेता सिटौलाले खेलकुदको विकासमा सबै राजनीतिक दल, सङ्घसंस्था लाग्नुपर्नेमा पनि जोड दिए। डोमालाल रङ्गशालाको संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै उहाँले यसका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा रङ्गशालाका लागि जग्गादान गर्ने डोमालाल राजवंशीको परिवारलाई सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्