ग्लोबल आइएमई र ग्यास बिक्रेता महासंघबीच क्युआर कोड प्रयोगसम्बन्धी सम्झौता
काठमाडाैं, फागुन ३० : ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास बिक्रेता महासंघ नेपालबीच क्युआर कोड प्रयोगसम्बन्धी सम्झौता भएको छ।ग्यास बिक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद...
काठमाडाैं, फागुन ३० : ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास बिक्रेता महासंघ नेपालबीच क्युआर कोड प्रयोगसम्बन्धी सम्झौता भएको छ।
ग्यास बिक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद तथा बिक्री गर्दा क्युआर कोडमार्फत गरिने मोबाइल पेमेन्ट प्रवर्धनका लागि सहकार्य गर्ने विषयमा सम्झौता भएको हो।
सम्झौतापत्रमा ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरे।
ग्लोबल आइएमईले आफ्ना भुक्तानी साझेदारहरुसँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवर्धनका लागि ग्यास बिक्रेता महासंघसँग समन्वय गरेको हो।
महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आबद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास बिक्रेता सिधै लाभान्वित हुने बताए।
मुलुकभर ग्लोबल आइएमईका २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर छन्। मुलुकबाहिर पनि तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन्।
बैंकले २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाइएको छ।











