Kathmandu Press

भारतमा थप २ हजार ५०३ जनामा कोरोना सङ्क्रमण

नयाँ दिल्ली, फागुन ३० : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ सङ्क्रमित...
भारतमा थप २ हजार ५०३ जनामा कोरोना सङ्क्रमण

नयाँ दिल्ली, फागुन ३० : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। 

भारतमा कोरोनाभाइरस सङ्क्रमणको अहिलेसम्म पाँच लाख १५ हजार ८७७ को मृत्यु भएको छ। तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।  ती मध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जाइएको छ। भारतमा हालसम्म कूल कोरोना सङ्क्रमितको संख्या चार करोड २९ लाख ९३ हजार ४९४ रहेको समाचारमा जनाइएको छ। 

Hardik ivf

योसँगै भारतमा अहिले सक्रिय सङ्क्रमितको संख्या भने ३६ हजार १६८ रहेको अधिकारीले जनाएका छन्। सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.८ प्रतिशत रहेको समाचारमा जनाइएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार ३७७ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ४१ हजार ४४९ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ। 
गत आइतबार एकै दिनमा भारतमा पाँच लाख ३२ हजार २३२ को कोरोना परीक्षण गरिएको छ। भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८० करोड १९ लाखभन्दा बढी डोज खोप लगाइएको छ। 

प्रकाशित मिति: १४:३३ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्