Kathmandu Press

प्रधानमन्त्री मोदीद्वारा पूर्वराष्ट्रपति ओबामाको स्वास्थ्य लाभको कामना

नयाँ दिल्ली, फागुन ३० : प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको स्वास्थ्यलाभको कामना गरेका छन्।पूर्वराष्ट्रपति ओबामा आइतबार कोभिड-१९ सङ्क्रमित भएका हुन्।...
प्रधानमन्त्री मोदीद्वारा पूर्वराष्ट्रपति ओबामाको स्वास्थ्य लाभको कामना

नयाँ दिल्ली, फागुन ३० : प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको स्वास्थ्यलाभको कामना गरेका छन्।

पूर्वराष्ट्रपति ओबामा आइतबार कोभिड-१९ सङ्क्रमित भएका हुन्। उनको घाँटीमा सामान्य सङ्क्रमण देखिए पनि अन्य स्वास्थ्य अवस्था भने सामान्य रहेकाे जनाइएकाे छ। 

प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत ओबामाको शीघ्र स्वास्थ्यलाभका निम्ति शुभकामना व्यक्त गरेका हुन्। पूर्वराष्ट्रपति ओबामाले आइतबार गरिएको स्वास्थ्य परीक्षणमा आफू कोभिड सङ्क्रमित देखिएको तर आफ्नी पत्नी मिसेल ओबामा भने सङ्क्रमित नदेखिएको ट्वीटरमार्फत सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: १४:२४ बजे, सोमबार, फागुन ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्