Kathmandu Press

किभमा अवस्थित आवासीय भवनमा हमला, कम्तीमा दुईकाे मृत्यु

किभ, फागुन ३० : युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुईजनाको मृत्यु भएको छ। यस आक्रमणमा परी अन्य...
किभमा अवस्थित आवासीय भवनमा हमला, कम्तीमा दुईकाे मृत्यु
Hardik ivf

किभ, फागुन ३० : युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुईजनाको मृत्यु भएको छ। यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ। 

 स्थानीय समयअनुसार सोमबार बिहान ७ः३० बजे दुईजनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ। अन्य तीनजनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ। नौजनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ। भवन किभको ओबोलोनमा रहेको जनाइएको छ। 

रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण शुरु गरेको थियो। सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ। यसमा बालबालिका समेत रहेका छन्। युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाख भन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन्। 

प्रकाशित मिति: १४:२० बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्