निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः सिंह
काठमाडाैं, फागुन ३० : नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। महासङ्घको १२औं महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि...
काठमाडाैं, फागुन ३० : नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
महासङ्घको १२औं महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि उहाँ पुनः सिंह निर्वाचित भएका हुन्। सिंहले ७६५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) निर्वाचित भएका छन्।
यसैगरी एसोसियट उपाध्यक्षमा रामजी पन्त, प्रदेश १ बाट मोहनप्रसाद अधिकारी, मधेस प्रदेशबाट शम्भु ठाकुर, वाग्मतीबाट बालकृष्ण थापा, गण्डकीबाट खेमराज मल्ल र लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी निर्वाचित भए।
कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमश स् रत्नबहादुर खड्का र प्रकाशबहादुर सेठी यसअघि नै निर्विरोध हुनुभएको महासंघका प्रेस सल्लाहकार निर्मल अर्यालले जानकारी दिए। महासचिवमा रोशन दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
उपमहासचिव (नीतिगत) तर्फ शिवहरि घिमिरे र उपमहासचिव (आन्तरिक) तर्फ नरहरि थपलिया निर्वाचित भएका छन्। यसैगरी कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः निरान श्रेष्ठ र सन्तोष साह निर्वाचित भएका छन्। निर्वाचनमा १ हजार १८५ मत खसेको थियो ।











