समितिले अघि बढायाे न्यायाधीशमा सिफारिस तिलप्रसाद श्रेष्ठको सुनुवाइ प्रक्रिया
काठमाडाैं, फागुन ३० : संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको सुनुवाई प्रक्रिया अघि बढाएको छ।सिंहदरबारमा सोमबार...
काठमाडाैं, फागुन ३० : संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको सुनुवाई प्रक्रिया अघि बढाएको छ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले न्यायपरिषद्बाट सिफारिस भएका श्रेष्ठका विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। केही दिनअघि बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चको न्यायधीश पदका लागि बिराटनगर उच्च अदालतका मुख्य न्यायाधिश श्रेष्ठको नाम सिफारिस गरेको थियो।
समितिले श्रेष्ठविरुद्ध उजुरीका लागि १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। १० दिनको समयपछि श्रेष्ठमाथिको थप सुनुवाइ अघि बढ्ने सभापति कर्णले बताए।
सुनुवाइ समितिबाट प्रस्तावित नाम अनुमोदन भए राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।
प्रकाशित मिति: १३:१२ बजे, सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











