Kathmandu Press

डोल्पा, मुगु, हुम्लामा छिट्टै केन्द्रीय प्रसारणको विद्युत पुग्नेछ : कुलमान घिसिङ

काठमाडाैं, फागुन ३० : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको नेतृत्वमा आइपछि ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताएको छ।आज (सोमबार)...
डोल्पा, मुगु, हुम्लामा छिट्टै केन्द्रीय प्रसारणको विद्युत पुग्नेछ : कुलमान घिसिङ

काठमाडाैं, फागुन ३० : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको नेतृत्वमा आइपछि ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताएको छ।

आज (सोमबार) काठमाडौंको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको विद्युतको पहुँच ९५ प्रतिशतमा पुर्‍याइएको बताएका हुन्।

उनले कर्णालीको विकट ठाउँमा अझै पनि विद्युतको पहुँच पुग्न नसकेको भन्दै छिटै सबै स्थानमा विद्युत पुर्‍याइने जानकारी दिए।

दुरदराजमा रहेका जनतालाई विद्युत पुराउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरण अघि बढेको उनको भनाइ छ। घिसिङले डोल्पा, मुगु, हुम्लामा विद्युतको पहुँच अझै पनि सहज नरहेको अवस्थामा सवै स्थानमा केन्द्रीय प्रसारणको विद्युत पुराउने बताए। उनले विकट गुम्बामा पनि विद्युतको पहुँच पुर्‍याउन प्रतिबद्ध रहेको धारणा राखे।

पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रमअन्तर्गत चैत २ गतेसम्म १० अर्बपटक सिद्धि जप वा अभ्यास तथा डोल्पो बुद्धबाट दीर्घायु सशक्तीकरण र १ लाख त्सोक पुजा चैत तीन गने हुने भएको बताइएको छ।

डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाका अनुसार नेपाल लगाएत विश्वभरको महमारी रोग र अनिकालको विषम परिस्थीति सबै निर्मूल भई सवै ठाउँमा मंगल हुन लाखौं गुणा महिना अथवा ऋसद्ध प्रतिहार्य महिनाभित्र सिद्धि मन्त्र जप साधना आयोजना गरिएको हो।

हरेक वर्ष यस पूजाको समयमा १० अर्बपटक सिद्धि जप तथा अध्यास, १ लाखपटक तारा जप तथा अभ्यास, १० हजार पटक महाकाला र १ लाख पटक छोग अर्पण पूजा हुने गर्छ।

प्रकाशित मिति: १२:५६ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्