Kathmandu Press

प्रधानमन्त्री देउवाद्वारा नुवाकोटस्थित किस्पाङको प्रशासकीय भवन उद्घाटन

नुवाकाेट, फागुन ३० : प्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका छन्।प्रधानमन्त्री देउवाले आज (सोमबार) नुवाकोट पुगेर नवनिर्मित प्रशासकीय भवनको...
प्रधानमन्त्री देउवाद्वारा नुवाकोटस्थित किस्पाङको प्रशासकीय भवन उद्घाटन

नुवाकाेट, फागुन ३० : प्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका छन्।

प्रधानमन्त्री देउवाले आज (सोमबार) नुवाकोट पुगेर नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

किस्पाङ–३ मा बनाइउको सो प्रशासकीय भवन उद्घाटनका लागि पुगेका देउवालाई स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतलगायत अन्य नेताहरू सहभागी रहेको जनाइएको छ।

 

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्