नागरिकले न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशविरुद्ध महाभियोग : नेता सिंह
काठमाडाैं, फागुन ३० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनुपरेको बताएका छन्।सोमबार काठमाडौंको...
काठमाडाैं, फागुन ३० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनुपरेको बताएका छन्।
सोमबार काठमाडौंको मीनभवनमा आयोजित कांग्रेसको एक महिने घरघर जाऔं कांग्रेस जिताऔं अभियानअन्तर्गतको कार्यक्रममा नेता सिंहले न्यायलयको नेतृत्वको गरेको व्यक्ति असफल भएपछि न्यायलय सुधारका लागि महाभियोग लगाउनुपरेको बताउनुभएको हो।
त्यस्तै उनले एमसीसी मुलुकको हितविपरीत नरहेको धारणा पनि राखे। कांग्रेस कार्यकर्ताले जनताको घरघरमा पुगेर एमसिसी, महाअभियोगका बिषयमा फैलाएका अनावश्यक भ्रम बारे बुझाउनुपर्ने उनको भनाइ छ।
नेता सिहले कांग्रेस मुलुक र जनताको हित सोच्ने पार्टी भएकाले अनावश्यक भ्रमको पछि नलाग्न समेत आग्रह गरे।
प्रकाशित मिति: १२:३८ बजे, सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











