Kathmandu Press

दक्षिण कोरियामा एकै दिन तीन लाखभन्दा बढी कोरोना सङ्क्रमित

साेल, फागुन ३० : दक्षिण कोरियामा एकै दिनमा ३ लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ।प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा...
दक्षिण कोरियामा एकै दिन तीन लाखभन्दा बढी कोरोना सङ्क्रमित

साेल, फागुन ३० : दक्षिण कोरियामा एकै दिनमा ३ लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ।

प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा यतामात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

यहाँका अधिकारीहरुले सम्भवत यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन्। यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो। सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ३ लाख ९ हजार ७ सय ९० जना कोरोना सङ्क्रमित देखिएका छन्।
 
सो निकायका अनुसार अहिलेसम्म यहाँ ६८ लाख भन्दा बढी कोरोना सङ्क्रमित पाइएका हुन्। यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको संख्यामा सङ्क्रमित देखिने गरेका छन्। यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन्।

उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन्।

प्रकाशित मिति: १२:२४ बजे, सोमबार, फागुन ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्