Kathmandu Press

७७ वटै जिल्लामा टुंगियो कांग्रेसको नेतृत्व, संस्थापनले ४४ सभापति जित्दा ३३ जिल्लामा इतर

७७ जिल्लामध्य संस्थापन पक्षले ४४ जिल्ला र इतर पक्षले ३३ जिल्लामा सभापति जितेको छ। 
७७ वटै जिल्लामा टुंगियो कांग्रेसको नेतृत्व, संस्थापनले ४४ सभापति जित्दा ३३ जिल्लामा इतर

काठमाडौं, फागुन ३० : नेपाली कांग्रेसले ७७ वटै जिल्लाको अधिवेशन सम्पन्न गरेको छ। पार्टीको महाधिवेशनअघि ६१ जिल्लाको नेतृत्व चयन गरेको थियो। मतदानमा विवाद भएपछि मधेश प्रदेशका केही जिल्लासहित १६ वटा जिल्लामा नेतृत्व चयन हुन सकेको थिएन। 

केन्द्रीय महाधिवेशन सकिएलगत्तै बाँकी रहेका जिल्लाको अधिवेशन सम्पन्न गर्न कांग्रेस होमिएको थियो। आइतबार रातीसम्म १६ वटै जिल्लाको नेतृत्व चयन भएसँगै कांग्रेसले ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरेको हो। 

केन्द्रमा जस्तै जिल्ला अधिवेशनमा पनि संस्थापन पक्ष र इतर पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ। ७७ जिल्लामध्य संस्थापन पक्षका ४४ जिल्ला र इतर पक्षले ३३ जिल्लामा सभापति जितेको छ। 

देउवा पक्षका जिल्ला सभापति

सल्यान, सभापति केशवबहादुर विष्ट
डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
लमजुङ, सभापति टकराज गुरूङ
डडेल्धुरा, सभापति भीमबहादुर साउद
म्याग्दी, सभापति खमबहादुर गर्बुजा
ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
पाँचथर, सभापति रूपनारायण जवेगु
मनाङ, सभापति शंकर गुरूङ देउवा
हुम्ला, सभापति मोहनविक्रम सिंह
बझाङ, सभापति खड्क बोहरा
रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
जुम्ला, सभापति कर्णबहादुर शाही
सुर्खेत, सभापति खड्ग पोखरेल
मुगु, सभापति ऐनबहादुर शाही
जाजरकोट, सभापति बेदराज सिंह
डोटी, सभापति नरेन्द्रबहादुर सिंह
रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
बागलुङ, सभापति जित शेरचन
पर्वत, सभापति युवराज जोशी
झापा, सभापति देउमान थेबे
इलाम, सभापति डम्बरबहादुर खड्का
धनकुटा, सभापति दिनेश राई
रूपन्देही, सभापति रामकृष्ण खाण
कास्की, सभापति किशोरदत्त बराल
काभ्रे, सभापति तीर्थ लामा
तनहुँ, सभापति जितप्रकाश आले
ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
कञ्चनपुर, सभापति पदम बोगटी
उदयपुर, सभापति हिमाल कार्की
भक्तपुर, सभापति दुर्लभ थापा
बर्दिया, सभापति अरूणप्रकाश सिंह राठौर
सोलुखुम्बु, सभापति नाम्गेल जाङ्बु शेर्पा
रसुवा, सभापति पेम्वाछिरिङ तामाङ
कैलाली, सभापति नारायणदत्त भट्ट
मकवानपुर, सभापति बुद्ध लामा
सिन्धुपाल्चोक, सभापति जंगबहादुर तामाङ
पर्सा, सभापति जनार्दनसिंह क्षेत्री
सर्लाही, सभापति सुरेन्द्रप्रसाद सिंह
धनुषा, सभापति योगेन्द्र पजियार
रौतहट, सभापति सुनिलकुमार यादव
अछाम, सभापति पुष्पबहादुर शाह
बारा, सभापति राजेश राय यादव
सिरहा, सभापति रामचन्द्र यादव

इतरपक्षका जिल्ला सभापति

प्युठान, सभापति विष्णुकुमार गिरी
अर्घाखाँची, सभापति केशव श्रेष्ठ
रोल्पा, सभापति किशोर आचार्य
बैतडी, सभापति चतुर चन्द
दोलखा, सभापति बर्मा लामा
गोर्खा, सभापति नन्दप्रसाद न्यौपाने
कालिकोट, सभापति अम्बबहादुर शाही
संखुवासभा, सभापति दीपक खड्का
रूकुमपूर्व, सभापति केशरमान रोका
मुस्ताङ, सभापति रोमीगौचन थकाली
भोजपुर, सभापति विनोद वान्तवा
बाजुरा, सभापति रामसिंह रावल
तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
पश्चिम नवलपरासी , सभापति अर्जुनकुमार पोखरेल
पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
स्याङ्जा, सभापति राजु थापा
खोटाङ, सभापति विष्णुकुमार राई
दार्चुला, सभापति ललितसिंह बोहरा
नुवाकोट, सभापति रमेश महत
दाङ, सभापति शंकरप्रसाद डाँगी
दैलेख, सभापति मणिराम रेग्मी
गुल्मी, सभापति खिलध्वज पन्थी
काठमाडौं, सभापति सबजु बानियाँ
धादिङ, सभापति रामनाथ अधिकारी
कपिलबस्तु, सभापति अब्दुल कलाम खाँ
बाँके, सभापति नारायण गौडेल
 

प्रकाशित मिति: १२:०१ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्