Kathmandu Press

प्रकाश सपुतको गीतमा धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन : प्रचण्ड 

काठमाडौं, फागुन ३० : प्रकाश सपुतको ‘पीर’ गीतबारे माओवादी केन्द्रक कार्यकर्ताहरुले चर्को विरोध गरेपनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने विरोध गर्न आवश्यक नरहेको...
प्रकाश सपुतको गीतमा धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन : प्रचण्ड 
फाइल तस्बिर

काठमाडौं, फागुन ३० : प्रकाश सपुतको ‘पीर’ गीतबारे माओवादी केन्द्रक कार्यकर्ताहरुले चर्को विरोध गरेपनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने विरोध गर्न आवश्यक नरहेको बताएका छन्।। 

धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गीतको विषयमा धेरै आवेगमा आउन नपर्ने बताएका हुन्। उनले मानिसहरु आफ्नो अनुभव, अनुभूति अनुसार  गीत कविता बनाउने हुँदा त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताएका हुन्। 

उनले कार्यव्यस्तताको कारण गीत भने हेर्न नपाएको बताएका छन्। इतिहाससँग जोडेर बनाइएका सिर्जनामाथि डिबेट भने हुनसक्ने उनले बताए।  ‘डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ,’ उनले भने। 

उनले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताए । ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरु छन् । धेरै पक्ष छन्, धेरै मर्महरु छन्,’ प्रचण्डले भने ।

प्रकाशित मिति: १०:४७ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्