नेपाल बोटल वाटर उद्योग सङ्घका अध्यक्षमा गौतम

काठमाडौं, फागुन ३० : पानी व्यवयासीको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग सङ्घको अध्यक्षमा ध्रुबबहादुर गौतम निर्वाचित भएका छ्न।
सङ्घको हालै सम्पन्न छैटौँ अधिवेशनमा उहाँका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा विक्रम लिम्बू चेम्जोङ, उपाध्यक्षमा किशोर थापा, सुदीप श्रेष्ठ, लिला भण्डारी र विशाल श्रेष्ठ, महासचिवमा गोकुल थापा निर्वाचित भएका छन्।
यस्तै कोषाध्यक्षमा कमलप्रसाद अधिकारी, सहकोषाध्यक्षमा मेरिना कायस्थ विजयी भएका हुन् । सातै प्रदेशका सचिव र सदस्य भने पछि छनोट गरिने अध्यक्ष गौतमले जानकारी दिए । हाल देशभर सङ्घमा ५८६ उद्योग आबद्ध छन् ।
प्रकाशित मिति: १०:२१ बजे, सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











