बारा कांग्रेस सभापतिमा यादव निर्वाचित
बारा, फागुन ३० : नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादव निर्वाचित भएका छन्।उनले एक हजार २०६ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी...
बारा, फागुन ३० : नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादव निर्वाचित भएका छन्।
उनले एक हजार २०६ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाएका छन्।
प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए।
नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, 'स्थानीय तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ।'
प्रकाशित मिति: ०७:५८ बजे, सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











