Kathmandu Press

कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित

सर्लाही, फागुन ३० : नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्।गएराति अबेर सम्पन्न मतगणनामा सिंहले एक हजार ७५८ मत ल्याई निर्वाचित...
कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित

सर्लाही, फागुन ३० : नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्।

गएराति अबेर सम्पन्न मतगणनामा सिंहले एक हजार ७५८ मत ल्याई निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी लक्ष्मण रायले रायले एक हजार ३७८ मत पाएका छन्। सभापतिमा निर्वाचित सिंह कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन्।

कांग्रेस जिल्ला कार्यसमितिका लागि भएको निर्वाचनमा तीन हजार १७४ मत खसेका थिए। जम्मा तीन हजार २७५ मतदाता रहेका थिए।

त्यस्तै, उपसभापतिमा पक्षका डा. सरोज कुमार ‘राजु’ १ हजार ७६४ र नवीन अधिकारी एक हजार ४९३ मत पाएर निर्वाचित भएका छन्। उपसभापतिमा पराजित शेख सदुल्लाहले एक हजार ४७४ र रविनन्दन चौधरीले एक हजार ३१४ मत पाएका छन्।

यसैगरी, सचिवमा निरज कार्की एक हजार ७२६ र मनोज यादव एक हजार ४२६ मत पाएर निर्वाचित भएका छन्। सचिवमा पराजित कृष्णराज रायमाझीले एक हजार ४१२ र नरेन्द्र भट्टराईले एक हजार ३९९ मत पाएका छन्।

सहसचिवमा इन्द्रबहादुर योञ्जन एक हजार ७११ र सुनिलकुमार कुशवाहा एक हजार ५७९ मत प्राप्त गरेर निर्वाचित भएका छन्। पराजित भएका सूर्यबहादुर खड्का एक हजार ३६५ र दिनेश मिश्रले एक हजार २३७ मत पाएका छन्।

 

प्रकाशित मिति: ०७:२० बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्