कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा लामा निर्वाचित
सिन्धुपाल्चोक, फागुन ३० : नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला कार्यसमिति सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन्।गएराति सम्पन्न अन्तिम मतपरिणामअनुसार, उनी ६४ मतान्तरले विजयी भएका...
सिन्धुपाल्चोक, फागुन ३० : नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला कार्यसमिति सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन्।
गएराति सम्पन्न अन्तिम मतपरिणामअनुसार, उनी ६४ मतान्तरले विजयी भएका हुन्। उनले ९१२ र प्रतिस्पर्धी बंशलाल तामाङले ८४८ मत पाएका छन्।
यसअघि शनिबार भएको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेका थिएनन्। त्यसले आइतबार दोस्रो चरणमा मतदान भएको थियो।
पहिलो चरणको निर्वाचनमा एक हजार ८६८ मतमध्ये सबैभन्दा बढी लामाले ७०५ मत पाएका छन्। यस्तै, तामाङले ६२९ र डा. प्रेमध्वज लामाले ४९३ मत पाएका छन्।
प्रकाशित मिति: ०६:३८ बजे, सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











