Kathmandu Press

१८० किलो गाँजासहित तीन पक्राउ

मकवानपुर, फागुन २९ : मकवानपुर प्रहरीले १८० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाको मनहरि गाउँपालिका–७ स्थित सडकखण्डबाट उक्त परिमाणको गाँजासहित...
१८० किलो गाँजासहित तीन पक्राउ

मकवानपुर, फागुन २९ : मकवानपुर प्रहरीले १८० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाको मनहरि गाउँपालिका–७ स्थित सडकखण्डबाट उक्त परिमाणको गाँजासहित हेटौँडाका तीन जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१६ बस्ने २९ वर्षीय बुद्धिमान वाइबा, २९ वर्षीय अर्जुन स्याङतान र ३० वर्षीय विनोद पाख्रिन रहेका छन्। उनीहरुलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरि मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। चैनपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा लुकाइछिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।

प्रकाशित मिति: २०:३५ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्