Kathmandu Press

एक सातदेखि कञ्चनजङ्घा संरक्षण क्षेत्रमा डढेलो

एक सातदेखि कञ्चनजङ्घा संरक्षण क्षेत्रमा डढेलो

फुङ्लिङ, फागुन २८ : ताप्लेजुङमा अवस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रमा एक सातादेखि डढेलो लागि रहेको छ। सुख्खा मौसम हुन थालेसँगै संरक्षण क्षेत्रमा डढेलो लाग्न थालेको हो। फक्ताङलुङ गाउँपालिका–६ अम्जिलेसा क्षेत्रमा गत बिहीबार डढेलोबाट एक घर जलेर नष्ट भएको छ, भने सो डढेलो अहिलेसम्ममा नियन्त्रणमा आएको छैन।

सुख्खा मौसम भएसँगै कञ्चनजङ्घा संरक्षण क्षेत्रमा आगलागी घटना बढ्न थालेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ। डढेलो नियन्त्रणका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कर्मचारी, सामुदायिक वन उपभोक्ता समूह, आमा समूह र लुङ्थुङ प्रहरी चौंकीका प्रहरीद्वारा डढेलो नियन्त्रणको प्रयास भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए। डढेलो नियन्त्रणका लागि स्थानीय जनशक्ति पहिचालन भइरहेको छ। डढेलो नियन्त्रणमा लिनका लागि सेकाथुम गाउँबाट थप जनशक्ति पहिचालन भएको संरक्षण क्षेत्रले जनाएको छ।

Hardik ivf

यता संरक्षण क्षेत्र पर्ने फक्ताङलुङ गाउँपालिका–५ पताले सामुदायिक वनमा शनिबारदेखि डढेलो लागेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक संयोजक जितेन लिम्बूले बताए। उनले भने, 'डढेलो नियन्त्रणका लागि हामी जाँदै छौँ। अग्निरेखा कोरेर डढेलो नियन्त्रणको प्रयास भइरहेको छ।' संरक्षण क्षेत्रमा लामो समयसम्म वन जङ्गलमा डढेलो लाग्न रोकथाप भएको तर यसवर्ष भने संरक्षण क्षेत्रमा विभिन्न स्थानमा डढेलो लाग्ने क्रम चलिरहेको छ। डढेलो लाग्नको कारण खुल्न नसकेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ। दुई हजार ३५ वर्ग किलो मिटर क्षेत्रफल फैलिएको संरक्षण क्षेत्र जैविक विविधताले भरिपूर्ण छ। संक्षेत्रका कूल क्षेत्र फलको १६.९ प्रतिशत वन क्षेत्र रहेको छ। दश प्रतिशत बुट्यान क्षेत्र पर्दछ। यस क्षेत्रमा  हिउँ चितुवा, कस्तुरी मृग, हिमाली भालु, ब्वाँसोजस्ता दुर्लभ वन्यजन्तुको बासस्थान रहेको छ।

लामो समयमा पनि डढेलो नियन्त्रणमा नआउँदा बहुमूल्य वनस्पति र दुलर्भ वन्यजन्यतु साथै जैविक विविधतामा सङ्कट आउन सक्ने स्थानीय संरक्षणकर्मीको भनाइ रहेको छ। ठूलो क्षति हुनबाट रोक्नका लागि डढेलो नियन्त्रणको प्रयास भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रको संरक्षण अधिकृत वाडेन रमेश यादवले बताए।

प्रकाशित मिति: २०:२९ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्