गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता, सहमति कार्यान्वयनबारे छलफल
काठमाडौं, फागुन २९ : गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ...
काठमाडौं, फागुन २९ : गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा भएको भेटवार्तामा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिवा विप्लवसहित भएको बार्तामा उठेका विषयबस्तुको कार्यान्वयन पक्षबारे छलफल भएको थियो । छलफल सकारात्मक रहेको बुझिएको छ ।
भेटमा गृहमन्त्री खाणले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहल गरिरहेको बताउनु भएको थियो । नेकपा र सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएका थियो ।
प्रकाशित मिति: २०:२६ बजे, आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











