Kathmandu Press

‘एमसिसी सम्झौता नेपालको हितमा छ’

इनरुवा, फागुन २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता नेपालको हितमा रहेको बताएका छन। कांग्रेस...
‘एमसिसी सम्झौता नेपालको हितमा छ’

इनरुवा, फागुन २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता नेपालको हितमा रहेको बताएका छन। कांग्रेस सुनसरीले आज सुनसरी सदरमुकाम इनरुवामा ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान कार्यक्रमलाई उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले विभिन्न राजनीतिक दलले एमसिसीको विषयमा फैलाएको भ्रममा कुनै किसिमको सत्यता नभएको उनले बताए।

एमसिसी परियोजना केवल विकास परियोजना मात्र भएको र उक्त परियोजनाले नेपालको विकासमा कोसेढुङ्गा सावित हुने पूर्वमन्त्री विश्वकर्माले बताए। एमसिसीअन्तर्गत नेपालमा सडक पूर्वाधार, विद्युत् विस्तारलगायत काममा सहयोग पुग्ने उनले बताए। यसैबीच नेपाली कांग्रेस सुनसरीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एकमहिने चुनावी अभियान सुरु गरेको छ।

केन्द्रीय निर्देशन तथा परिपत्रअनुसार कांग्रेस सुनसरीले निर्वाचनलाई लक्षित गरेर एक महिने चुनावी अभियान आजदेखि सुरु गरेको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए। यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धिलगायत विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझाव लिने कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले बताए।

प्रकाशित मिति: २०:०९ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्