Kathmandu Press

बागमती प्रदेशसभाको बैठक पुनः सोमबार बस्ने

काठमाडौं, फागुन २९ : बागमती प्रदेशसभाको बैठक सोमबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको नौं अधिवेशनअन्तर्गत आज २ वटा बैठक संचालन...
बागमती प्रदेशसभाको बैठक पुनः सोमबार बस्ने

काठमाडौं, फागुन २९ : बागमती प्रदेशसभाको बैठक सोमबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ । 

प्रदेशसभाको नौं अधिवेशनअन्तर्गत आज २ वटा बैठक संचालन भएका थिए । आज बसेको पहिलो बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएका मागहरुको बारेमा जवाफ दिएका थिए । उक्त बैठकमा ३ वटा ऐन संशोधनका विद्येकहरु पेश भएका छन् भने एउटा विद्येयक संसद्मा पेश भएको र २ वटा विद्येयक पारित भएको छ 

Hardik ivf

आजै बसेको प्रदेशसभाको दोस्रो बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले संशोधनका लागि संसद्मा प्रस्तुत गरेको प्रदेश विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ माथिको सैद्धान्तिक पक्षमा छलफल भएको छ । 

छलफलमा सत्तापक्ष नेपाली काँग्रेसकी विजुला बर्मा, प्रतिपक्ष दल विवेकशील साझा पार्टीका रमेश पौड्याल, विराजभक्त श्रेष्ठ, शोभा शाक्य, नेकपा एमालेका रामेश्वर फुयाँलले आफ्नो धारणा राखेका थिए ।

त्यस्तै आजको दोस्रो बैठकमा भएको प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ माथिको सैद्धान्तिक पक्षको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक दिपक निरौलाले सरकारले गलत सूचना सम्प्रेषण गर्ने संचार माध्यमलाई कारवाहीको दायरामा ल्याउन सक्ने ऐन बनाउन तर्फ ध्यान दिनुपर्ने बताएका थिए । 

प्रकाशित मिति: २०:०५ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्